Vermont Department of Health Key Messages - Nepali

View in English

यस पृष्ठमा तपाईंले स्वास्थ्य विभागले साझा गर्ने केही महत्त्वपूर्ण जानकारी देख्नु हुने छ। यो पृष्ठलाई व्यावसायिक रूपमा अनुवाद गरिएको र स्थानीय सामुदायिक सदस्यहरूद्वारा समीक्षा गरिएको थियो। 

आज यो पृष्ठ स्पेनिश, अरबी र नेपाली भाषामा उपलब्ध छ। हामीले पछि धेरै भाषाहरूमा उपलब्ध गराउने छौँ। यो पृष्ठ स्प्रिङमा अपडेट गरिने छ।

स्वास्थ्य विभागका सबै अनुवादहरूको सूची हेर्नुहोस्। अनुवादहरू फेला पार्न यो चिन्ह खोज्नुहोस्:

A speech bubble with a Chinese character in it and another speech bubble with the letter A in it. This signifies translated information.

HealthVermont.gov वेबसाइटमा अन्य धेरै स्वास्थ्य जानकारी छ र तपाईंले सम्पूर्ण साइट र धेरै अनलाइन फारमहरूका स्वचालित अनुवाद हेर्न Google Translate प्रयोग गर्न सक्नुहुन्छ। त्यसो गर्न, पृष्ठको शीर्ष दायाँ कुनामा रहेको "Select Language" (भाषा चयन गर्नुहोस्)" छनौट गर्नुहोस्। यो पृष्ठको तल Google Translate का बारेमा थप पढ्नुहोस्। 

तपाईंलाई स्वास्थ्य विभागको जानकारी बुझ्न मद्दत आवश्यक हुन्छ? निःशुल्क भाषा सेवा प्राप्त गर्न [email protected] मा इमेल गर्नुहोस्। तपाईंसँग निःशुल्क दोभाषे सेवाहरूको अधिकार छ।

मदिरा तथा लागूपदार्थको प्रयोग

मदिरा तथा लागूपदार्थको प्रयोगका हानीहरूबारे म कसरी जान्न सक्छु?

विशेषगरी तपाईं जवान, गर्भवती, स्वास्थ्य अवस्थाहरू भएको, निश्चित औषधिहरू लिने व्यक्ति हुनुहुन्छ वा वृद्ध हुनुहुन्छ भने मदिरा, गाँजा, हेरोइन, प्रेसक्रिप्सनका ओपियड र अन्य औषधिको प्रयोगले तपाईंको स्वास्थ्यका लागि हानिकारक गराउन सक्छ। तपाईंको लागूऔषध वा मदिराको प्रयोग, स्वास्थ्य जोखिम र प्रयोग कसरी कम गर्ने वा रोक्नेबारे आफ्नो स्वास्थ्य हेरचाह प्रदायकसँग कुरा गर्नुहोस्। 

 

मैले मेरा प्रियजनसँग मदिरा र लागूऔषधको प्रयोगबारे कसरी कुरा गर्ने?

तपाईंसँग बच्चा, वृद्ध वा तपाईंले ख्याल राख्ने परिवार वा समुदायका अन्य सदस्यको लागूऔषध वा मदिराको प्रयोगबारे सरोकारहरू छन् भने तपाईंले विश्वास गर्ने व्यक्तिसँग यस बारेमा कुराकानी गर्नु उपयोगी हुन्छ। समुदायका नेतृत्वकर्ता, स्वास्थ्य हेरचाह प्रदायक र विद्यालयका परामर्शदाताहरूले तपाईंका प्रियजनहरूलाई मद्दत गर्ने योजना सिर्जना गराउन तपाईंलाई सहायता र मद्दत गर्न सक्छन्। 

 

मैले आफू स्वयं वा मेरो प्रियजनका लागि मदिरा र लागूऔषध प्रयोगमा कसरी मद्दत प्राप्त गर्न सक्छु?

A picture containing logo

Description automatically generatedतपाईं वा तपाईंले चिन्नुभएको कोही व्यक्तिलाई मदिरा, क्यानाबिज, हेरोइन, प्रिस्क्रिप्सन ओपियड वा अन्य लागूऔषधसम्बन्धी मद्दत चाहिन्छ भने Vermont Helplink (भर्मन्ट हेल्पलिङ्क) को 802-565-5465 मा फोन गर्नुहोस्। Vermont Helplink निःशुल्क र गोपनीय छ। दोभाषे सेवाहरू उपलब्ध छन्। 

नालोक्सजोन

नालोक्सजोन एक प्रकारको औषधि हो जसले ओपियड औषधि (जस्तै प्रेसक्रिप्सनसहित दिइने दुखाइको औषधि वा हेरोयन) द्वारा गरिने ओभरडोजलाई ठीक गर्न सक्छ। नालोक्सजोन ओभरडोजको क्रममा दिइएको बेला, यसले मस्तिष्कमा ओपियडको असरहरू ब्लक गर्छ र दुईदेखि आठ मिनेटमा श्वास प्रश्वासलाई पुरानै अवस्थामा लिएर जान्छ। कसैले ओपियड औषधि प्रयोग गर्नुहुन्छ वा प्रयोग गर्ने मानिस वरपर हुनुहुन्छ भने नालोक्सजोन बोक्नुपर्छ। 

ओभरडोजका सङ्केतहरू:

  • व्यक्ति बेहोश छ र उठिरहेको छैन
  • चिच्याउँदा वा औँलाको जोर्नी रगड्दा वा माथिल्लो ओठ र नाकबीच रगड्दा प्रतिक्रिया दिँदैन
  • एकदमै बिस्तारै श्वास फेरिरहेको छ वा श्वास फेरिरहेको छैन
  • घुरिरहेको, अड्किएको वा घुरघुर गरिरहेको आवाज 

ओपियड ओभरडोज रोकथाम बारेमा (अङ्ग्रेजीमा) थाहा पाउनुहोस्।

WIC

WIC, महिला, शिशु र बालबालिका भनेको राष्ट्रिय पोषण कार्यक्रम हो। तपाईंको परिवारलाई WIC दिएर, तपाईंले उनीहरूलाई पोषणयुक्त खाना, स्तनपान सहायता, पोषण शिक्षा र समुदाय स्रोतहरू दिन सक्नुहुन्छ। लाभहरू तपाईंले सोचेभन्दा ठूला छन्।

WIC भर्मोन्टमा बस्ने गर्भवती भएको, भर्खरै बच्चा पाएका , 5 वर्ष मुनिका बच्चाहरू भएका अभिभावकहरू वा हेरचाहकर्ताका लागि हो । तपाईंको परिवारसँग Medicaid/डा. Dynasaur, 3SquaresVT वा Reach Up छ भने तपाईं WIC का लागि योग्य हुनुहुन्छ। 

WIC का लागि आवेदन दिन सजिलो छ। तपाईं आफ्नो स्थानीय WIC कार्यालय (दोभाषे सेवा उपलब्ध) मा फोन गर्न सक्नुहुन्छ, अनलाइन आवेदन दिन सक्नुहुन्छ (अङ्ग्रेजीमा) वा तपाईंको स्वास्थ्य हेरचाह प्रदायक वा समुदाय संस्थाले तपाईंलाई WIC रिफर गर्न सक्छ।

WIC अपोइन्टमेन्टहरू वर्षको दुईपटक हुन्छन्। अपोइन्टमेन्टहरू आमनेसामने भेटेर र फोनमार्फत (दोभाषे सेवा उपलब्ध) हुन्छ। WIC अपोइन्टमेन्टहरू बीच, उपस्थित भएर गरिने साथै अनलाइन WIC पोषण क्रियाकलापहरू हुन्छन्। 

WIC कर्मचारीसहित पोषणविद, स्तनपान सल्लाहकार र सहकर्मी सल्लाहकारहरूले स्तनपान सहायता प्रदान गर्छन् र शिशुलाई खुवाउने सम्बन्धी थप सिक्न अनलाइन कक्षाहरू प्रदान गर्छन्। 

मासिक WIC खानाहरूमा फलफुल र तरकारी, दूध, दही, चिज, अन्डा, तोफु, पिनट बटर, सिमी, ब्रेकफास्ट सेरियल, होल ग्रेन, फलफुलको जुस र शिशुको खाना समावेश हुन्छन्। तपाईंले आफ्नो WIC कार्ड प्रयोग गरेर WIC-अनुमोदित किराना स्टोरहरूमा WIC खाना किन्नुहुन्छ। WIC भिडियोहरू भएको किनमेल र WIC सपर एप थुप्रै भाषाहरूमा उपलब्ध छन्। तपाईंको पहिलो WIC किनमेल अनुभवको क्रममा WIC किनमेल सहयोगीबाट सहायता माग गर्न आफ्नो स्थानीय WIC कार्यालयमा सम्पर्क गर्नुहोस्।

WIC मा सहभागी भएर आफ्नो परिवारलाई यी सबै लाभहरूका साथै अन्य सहयोगी कार्यक्रम र छुटहरू पनि साथै रिफरलहरू (अङ्ग्रेजीमा) दिनुहोस्। तपाईं वा तपाईंले चिन्ने कोही WIC का लागि योग्य हुनुहुन्छ भने आज आवेदन दिनुहोस्!

आफूलाई भाइरस र संक्रमणहरूबाट बचाउनुहोस्

किटाणुहरूबाट टाढा रहन गाह्रो हुन्छ तर यी सामान्य रोकथाम चरणहरू पालना गर्नुभयो भने तपाईं र तपाईंको परिवार धेरै बिरामी हुने जोखिम कम गर्न सक्छ: 

सिफारिस गरिएको खोपहरू प्राप्त गर्नुहोस्

खोपहरू महत्त्वपूर्ण टुलहरू हुन् जसले कोभिड-19 फ्लू, ह्युमन प्यापिलामोभाइरस (HPV), लहरे खोकी र अन्यबाट गम्भीर बिरामी हुन नदिन रक्षा गर्छ। तपाईंलाई आफ्नो जीवनभरि खोप  शिशु अवस्थादेखि वयस्कतासम्म आवश्यक हुन्छ। प्रत्येक वर्ष केही खोपहरू सिफारिस गरिन्छ। तपाईं र तपाईंको परिवारका लागि सिफारिस गरिएको खोपहरू (अङ्ग्रेजीमा) बारेमा आफ्नो स्वास्थ्य हेरचाह प्रदायकसँग कुरा गर्नुहोस्।

लामखुट्टे र किर्नाको टोकाई रोकथाम गर्नुहोस्

संक्रमित लामखुट्टे र किर्नाहरूको टोकाईबाट मानिसहरूमा रोगहरू फैलिन सक्छ। आफूलाई रक्षा गर्न सबभन्दा राम्रो तरिका स्प्रिङ, समर र फलमा लामखुट्टे र किर्नाको टोकाई रोकथाम गर्नु हो। बाहिर जाँदा किरा प्रतिरोधक लगाउनुहोस्, किर्ना छ कि भनेर नियमित आफ्नो शरीर हेर्नुहोस् र बाहिर समय बिताएपछि छिटै नुहाउनुहोस्। किर्नाको टोकाई रोकथाम गर्नुहोस् र लामखुट्टेको टोकाई रोकथाम गर्नुहोस् मा थप सुझावहरू पाउनुहोस्। 

खाना सुरक्षा चरणहरू पालना गर्नुहोस् 

कहिलेकाहीं "खाद्य विषाक्तता" भनिन्छ, केही प्रकारका ब्याक्टेरियाहरू (जस्तै ई. कोलाई वा साल्मोनेला), परजीवी र भाइरसहरूले मानिसहरूलाई दूषित खाना वा पेय पदार्थ खाए वा पिएमा धेरै बिरामी बनाउन सक्छन्। तपाईंले संक्रमित जनावरहरूबाट पनि यी संक्रमणहरू प्राप्त गर्न सक्नुहुन्छ। लक्षणहरूमा पखाला, पेट दुख्ने वा वान्ता समावेश हुन्छन्। साबुन र पानीले नियमित आफ्नो हातहरू धोएर आफूलाई बचाउनुहोस्—विशेषगरी जनावरहरू चलाएपछि, खानुअघि र बाथरूम प्रयोग गरेपछि वा डायपरहरू परिवर्तन गर्दा—र  खाना सुरक्षा उपायहरू (अङ्ग्रेजीमा) खानालाई सही तापक्रममा पकाउने जस्ता पालना गर्नुहोस्। 

सुरक्षित यौनसम्पर्क राख्ने

यौनबाट सर्ने संक्रमण (STIs) भनिने संक्रमणहरू संक्रमित सोझेदारसँगको यौनसम्पर्कबाट सर्न सक्छ। सुरक्षित यौन सम्पर्क गर्न केही उत्कृष्ट तरिकाहरू रोक्ने कुरा प्रयोग गर्ने जस्तै कन्डम र नियमित STIs को परीक्षण गराउने। केही STIs HPV र हेपाटाइटिस A र B जस्ता खोपले रोकथाम गर्ने खालका हुन्छन्। STIs र सुरक्षित यौन (अङ्ग्रेजीमा) बारेमा थप जानकारी प्राप्त गर्नुहोस्।

विशेष निर्देशनहरू

विशेष निर्देशन भनेको लिखित कागजात हो जसले तपाईं उक्त निर्णयहरू लिन नसक्ने पनि हुन सक्नुहुन्छ भने भविष्यमा चिकित्सा उपचारका लागि तपाईंको चाहना र इच्छा बताउँछ। एकदमै आवश्यक भएको बेला आफ्नो स्वास्थ्य हेरचाह उपलब्ध र प्रदायकहरूसँग आफ्नो विशेष निर्देशनहरू सिर्जना गर्नुहोस् र दर्ता गर्नुहोस्, त्यसैले उनीहरू छिटो पहुँच लिन सक्छन्। विशेष निर्देशनहरू बारेमा (अङ्ग्रेजीमा) थप थाहा पाउनुहोस्।

जीवनको अन्त्य गरिने निर्णयहरू बिरामीले छनोट (Patient Choice)भनेको अन्तिम अवस्थामा पुग्ने रोग लागेको मानिसहरूसँग आफ्नो जीवन अन्त्य गर्न चाहिने औषधिको मात्रा निर्धारित गर्ने विकल्प हुन्छ। यो विकल्पका लागि भर्मन्टको चिकित्सकका सहभागिता आवश्यक हुन्छ। जीवनको

बिरामीले  छनोट (Patient Choice)भनेको अन्तिम अवस्थामा पुग्ने रोग लागेको मानिसहरूसँग आफ्नो जीवन अन्त्य गर्न चाहिने औषधिको मात्रा निर्धारित गर्ने विकल्प हुन्छ। यो विकल्पका लागि भर्मन्टको चिकित्सकका सहभागिता आवश्यक हुन्छ। जीवनको अन्त्यमा गरिने निर्णय बारेमा (अङ्ग्रेजीमा) थप थाहा पाउनुहोस्।

जन्मदर्ताको प्रमाणपत्र, विवाह दर्ताको प्रमाणपत्र, मृत्युको प्रमाणपत्र र थप कुराहरू जीवनको अन्त्य गरिने निर्णयहरू

मैले व्यक्तिगत रेकर्डहरूका प्रतिलिपिहरू कसरी अर्डर गर्न सक्छु? 

तपाईंले महत्त्वपूर्ण (भाइटल) रेकर्डका कपीहरू (जस्तै जन्म, विवाह र मृत्यु प्रमाणपत्रहरू) को प्रमाणित र अप्रमाणित प्रतिलिपिहरू अनलाइन (अङ्ग्रेजीमा) वा मेलमार्फत अर्डर गर्न सक्नुहुन्छ। 

प्रमाणित प्रतिलिपिहरू राज्य उत्कीर्ण सुरक्षा कागजमा सिल गरेर प्रिन्ट गरिन्छ। प्रत्येक प्रमाणपत्रको शुल्क $10 हो। अनलाइन सेवाका लागि $2 शुल्क पनि रहेको छ।

अप्रमाणित प्रतिलिपिहरू सादा सेतो कागजमा "अप्रमाणित प्रति" वाटरमार्कसँगै प्रिन्ट गरिन्छ। अप्रमाणित प्रतिलिपिहरू निःशुल्क छन्। 

अनलाइन वा मेलमार्फत (अङ्ग्रेजीमा) अर्डर गर्नेबारे पूर्ण विवरणहरू। अर्डर फारमहरू थुप्रै भाषामा उपलब्ध छन्। 

 

जन्म, विवाह वा मृत्युको प्रमाणपत्र सच्याउने वा परिवर्तन गर्ने। 

जन्म, विवाह, मृत्युका प्रमाणपत्र र अन्य रेकर्डहरू संशोधन गर्न जानकारी र आवेदनहरू अनलाइन (अङ्ग्रेजीमा) उपलब्ध छन्।  निवेदन फारमहरू थुप्रै भाषामा उपलब्ध छन्। 

महत्त्वपूर्ण रेकर्डहरू अर्डर र परिवर्तन गर्नेबारे पूर्ण विवरण र निर्देशनहरू (अङ्ग्रेजीमा)। निवेदन फारमहरू थुप्रै भाषामा उपलब्ध छन्। 

बोर्ड अफ मेडिकल प्राक्टिससँग उजुरी दायरा गर्ने

Board of Medical Practice (भर्मन्ट बोर्ड अफ मेडिकल प्राक्टिस) (बोर्ड) ले चिकित्सक (MDs), चिकित्सक सहायक, पोडायट्रिस्ट, एनेस्थेसियोलोजिस्ट सहायक र रेडियोलोजिस्ट सहायकहरूलाई इजाजतपत्र दिन्छ। भर्मन्टका बिरामीहरूको स्वास्थ्य र सुरक्षाको संरक्षण तथा प्रवर्द्धन गर्न, बोर्डले अव्यवसायिक आचरणको उजुरीहरूको छानबिन गर्छ। बोर्डले कुनै चिकित्सा प्रदायकको कार्यहरू अव्यवसायिक थियो भनेर फेला पार्दा, प्रदायकलाई अनुशासनात्मक कारवाही गर्न सकिन्छ। अनुशासनात्मक कारवाही हल्का (हप्काउनु वा थप प्रशिक्षणको आदेश) देखि गम्भीर (निलम्बन वा अभ्यास गर्ने अधिकार गुमाउनु) सम्म हुन सक्छ। बोर्डले अनुसन्धान र अनुशासनात्मक कारवाहीको प्रक्रियामा सम्भव भएसम्म बिरामीहरूको गोपनीयता तथा उनीहरूको स्वास्थ्य जानकारीको सुरक्षा गर्छ। 

Vermont Board of Medical Practice मा मैले कसरी उजुरी दायर गर्न सक्छु?

तपाईंलाई बोर्डद्वारा इजाजतपत्र प्राप्त चिकित्सा पेशेवरका बारेमा कुनै चिन्ता छ भने तपाईंले 16 भाषाहरूमा उपलब्ध उजुरी फारम पूरा गरेर मेल वा इमेल गर्न सक्नुहुन्छ।

थप जानकारीका लागि, Board of Medical Practice लाई इमेल गर्नुहोस् वा 802-657-4220 मा फोन गर्नुहोस्। 

बन्दुकका लागि सुरक्षित भण्डारण भर्मन्टका लगभग आधा वयस्कहरूको घरमा बन्दुक छ। यसबाट तिनीहरूलाई बन्दुकको चोटपटक र मृत्यु, मुख्य रूपमा आत्महत्या र अनजानमा चोटपटकको उच्च जोखिम हुन्छ। सुरक्षित बन्दुक भण्डारणको लागि: • प्रत्येक बन्दुकलाई लोड गरिएको जस्तै मान्न

भर्मन्टका लगभग आधा वयस्कहरूको घरमा बन्दुक छ। यसबाट तिनीहरूलाई बन्दुकको चोटपटक र मृत्यु, मुख्य रूपमा आत्महत्या र अनजानमा चोटपटकको उच्च जोखिम हुन्छ।

सुरक्षित बन्दुक भण्डारणको लागि: 

  • प्रत्येक बन्दुकलाई लोड गरिएको जस्तै मान्नुहोस्। 
  • बन्दुकहरूलाई सधैं अनलोड गरेर राख्नुहोस्। 
  • बन्दुकको थूटोलाई(मजललाई) सधैं सुरक्षित दिशामा जो कोहीबाट टाढा राख्नुहोस्।
  • बन्दुकलाई सुरक्षित स्थानमा भण्डारण गरेर राख्नुहोस्। यदि घरमा साना बच्चाहरू छन् भने, बन्दुकलाई वयस्कहरूले मात्र पहुँच गर्न सक्ने स्थानमा सुरक्षित राख्नुहोस्। 
  • गोला बारुदलाई बन्दुकबाट टाढा भण्डार गर्नुहोस्। 
  • कसैले आत्महत्या वा मानसिक स्वास्थ्य समस्याको संकेत देखाएको घरबाट बन्दुकहरू हटाउनुहोस्। 
  • आफ्नो बच्चालाई बन्दुकबाट टाढा रहन र यदि तिनीहरूले बन्दुक देखेमा कुनै विश्वसनीय वयस्कलाई बोलाउन सिकाउनुहोस्। 

बन्दुक सुरक्षाबारे थप जान्नुहोस् (अङ्ग्रेजीमा)। 

तपाईंलाई स्वस्थ वातावरणमा जीवनयापन गर्न मद्दत हेतु हामीले उपलब्ध गराउने सेवा र जानकारी

जलवायु परिवर्तन र मौसमले मेरो स्वास्थ्यलाई कसरी असर गर्न सक्छ? 

भर्मन्टमा जलवायु परिवर्तनको अर्थ हामीसँग तातो गर्मी, छोटो हिउँद, र बारम्बार आउने आँधीबेहरी र बाढी हुनु हो। यी ट्रेन्डहरू जारी रहने अपेक्षा गरिन्छ। हामीले Vermont को हावापानी परिवर्तन र मौसमसँग मानिसहरूले कसरी व्यवहार गर्ने भनी मद्दत गर्न हामीले उपलब्ध गराउने केही जानकारी र सेवाहरू यहाँ छ। 

 

समर अवधिमा: 

गर्मीले गम्भीर रोग निम्त्याउन सक्छ। गर्मीका रोगहरू घातक हुन सक्छन्। गर्मी मौसममा कसरी सुरक्षित रहने बारे सुझावहरू फेला पार्नुहोस्। 

वातानुकूलितमा विश्राम लिन वा चिसो पानी छर्किनको लागि स्थान खोज्न कूलिङ साइट नक्सा (अङ्ग्रेजीमा) प्रयोग गर्नुहोस्। खुला छ भनी निश्चित गर्न र प्रवेश शुल्कहरू लाग्छ कि भनी जाँच गर्न तपाईं जानुअघि कृपया साइटमा कल गर्नुहोस्। तपाईंलाई कूलिङ साइट फेला पार्न वा त्यहाँ जान थप मद्दत आवश्यक छ भने 2-1-1 मा फोन गर्नुहोस्। 

यदि तपाईं ताल वा पोखरीमा जाँदै हुनुहुन्छ भने, पानीमा जानु अघि साइनोब्याक्टेरिया फूलहरू अवश्य हेर्नुहोस्। 

जब जङ्गलको आगोको धुवाँको कारण वायुको गुणस्तर खराब हुन्छ, हावाको गुणस्तर अलर्टहरू (अङ्ग्रेजीमा) बारे सूचित रहनुहोस् र हावाको गुणस्तर खराब हुँदा के गर्ने भन्ने बारे जान्नुहोस्।

 

जाडोयाममा: 

चिसो, हिउँ र बरफसँगै, जाडो मौसमले तपाईंको स्वास्थ्यमा असर गर्न सक्छ। जाडो मौसममा कसरी स्वस्थ र सुरक्षित रहने फेला पार्नुहोस्। 

 

मैले मेरो घर स्वस्थ छ भनी कसरी निश्चित गर्न सक्छु? 

घर त्यो ठाउँ हो जहाँ हामी सुरक्षित र खुसी महसुस गर्न चाहन्छौं। हामी बस्ने ठाउँलाई सुरक्षित बनाउन धेरै कुराहरू गर्न सक्छौं।   

 

बच्चाहरूलाई लिड विषाक्तताबाट सुरक्षित राख्नुहोस् 

शरीरमा लिडको सुरक्षित स्तर हुँदैन। 

शरीरमा लिड धेरै हुनाले वा लिडको विषाक्तताको कारण बच्चाको वृद्धि सुस्त हुने, उनीहरूको विकास र सिकाइमा हानि पुग्ने र व्यवहारसम्बन्धी समस्याहरू आउन सक्छ। 

तपाईंको बच्चा 1 वर्ष र फेरि 2 वर्षको उमेर हुँदा लिड परीक्षण गर्ने बारे तपाईंको बच्चाको स्वास्थ्य स्याहार प्रदायकसँग कुरा गर्नुहोस्। 

यदि तपाईंको बच्चा हालै संयुक्त राज्यमा आउनुभएको छ भने, 6 महिनादेखि 16 वर्षसम्मका तपाईंका बालबालिकाको परीक्षण बारे तपाईंको बच्चाको स्वास्थ्य स्याहार प्रदायकसँग कुरा गर्नुहोस्। 

यदि तपाईं सन् 1978 पहिले निर्माण गरिएको घरमा भाडामा बस्दै हुनुहुन्छ भने: 

तपाईंको घरधनीले पेन्टलाई राम्रो अवस्थामा राख्न नियमहरूको पालना गर्न आवश्यक हुन्छ, यसो गर्दा लिड विषाक्तता हुन पाउँदैन। यी नियमहरूबारे थप जान्नुहोस् (अङ्ग्रेजीमा)। 

यदि तपाईंको घर मालिकले नियमहरूको पालना गरिरहनुभएको छैन भने, कृपया यो फारम भर्नुहोस् (अङ्ग्रेजीमा) वा 800-439-8550 वा 802-863-7220 मा कल गर्नुहोस्।

 

तपाईंको घरमा रेडन (Radon) जाँच गराउनुहोस् 

रेडन प्राकृतिक रूपमा पाइने रेडियोएक्टिभ ग्याँस हो। 

रेडनयुक्त हावामा श्वास फेर्दा तपाईंको जीवनकालमा फोक्सोको क्यान्सर हुने जोखिम बढ्छ। 

भर्मन्टका 7 मध्ये 1 घरमा रेडनको मात्रा असुरक्षित छ। 

रेडनको नि:शुल्क जाँच सामग्री अर्डर गर्न: 

800-439-8550 (भर्मन्टमा टोल-फ्री) मा फोन गर्नुहोस् 

[email protected] मा इमेल गरेर 

 

तपाईंको इनार वा स्प्रिङको पिउने पानीको जाँच गराउनुहोस् 

यदि तपाईंले आफ्नो पिउने पानी इनार वा स्प्रिङबाट लिनुभयो भने, यसलाई पिउन सुरक्षित छ भनी सुनिश्चित गर्न नियमित रूपमा प्रदूषकहरूको जाँच गर्नुहोस्।   

हामी ब्याक्टेरिया, अजैविक रसायन र कूल अल्फा विकिरणका (Gross Alpha Radiation) लागि तपाईंको इनार वा स्प्रिङ परीक्षण गर्न (अङ्ग्रेजीमा) सिफारिस गर्दछौँ। 

तपाईंले Health Department Laboratory लाई 800-660-9997 वा 802- 338-4736 मा फोन गरेर पिउने पानीको परीक्षण सामग्री अर्डर गर्न सक्नुहुन्छ। 

 

मैले खाना वा लजिङ व्यवसाय खोल्न इजाजतपत्रका लागि कसरी आवेदन दिन सक्छु? 

तपाईंले सर्वसाधारणलाई खाना बेच्ने वा लजिङ उपलब्ध गराउनुहुन्छ भने, तपाईंलाई धेरैजसो अवस्थाहरूमा स्वास्थ्य विभागको इजाजतपत्र आवश्यक हुनेछ। 

सुरु गर्न एकपछि अर्को चरण गर्दै निर्देशनहरूपालना गर्नुहोस् (अङ्ग्रेजीमा)।

तपाईंलाई मद्दत चाहिन्छ भने 802-863-7220 वा 800-439-8550 (भर्मन्टमा) फोन गर्नुहोस्। 

तपाईंले मलाई चासो लागेका अवस्थाहरूबारे छानबिन गर्नमा मद्दत गर्न सक्नुहुन्छ?   

तपाईं कुनै रेस्टुरेन्टको खाना विषाक्तताबारे चिन्तित हुनुहुन्छ भने कृपया यो खाद्य तथा लजिङ बिमारी उजुरी फारम (Food & Lodging illness complaint form)   भर्नुहोस् (अङ्ग्रेजीमा) वा 800-439-8550 वा 802-863-7220 मा फोन गर्नुहोस्।

तपाईं खाना वा आवाससम्बन्धी व्यवसायको सरसफाइबारे चिन्तित हुनुहुन्छ भने कृपया यो खाद्य तथा लजिङ सरसफाइ उजुरी फारम (Food & Lodging sanitation complaint form) भर्नुहोस् (अङ्ग्रेजीमा) वा 800-439-8550 वा 802-863-7220 मा फोन गर्नुहोस्।

स्थानीय स्वास्थ्य कार्यालयहरू

भर्मन्टमा राज्यभरका मानिसहरूलाई मद्दत गर्न कडा मेहनत गर्ने बाह्र वटा स्थानीय स्वास्थ्य कार्यालयहरू छन्। स्थानीय स्वास्थ्यमा काम गर्ने मानिसहरू उनीहरूले काम गर्ने समुदायहरूमै बस्छन्। यसले उनीहरूलाई आफ्ना छिमेकीहरूलाई स्वस्थ रहन के चाहिन्छ भनेर बुझ्न मद्दत गर्छ। 

आफ्नो स्थानीय स्वास्थ्य कार्यालय खोज्नुहोस्

यहाँ स्थानीय स्वास्थ्य कार्यालयहरूका माध्यमबाट स्वास्थ्य विभाग सेवाहरू उपलब्ध छन्:

WIC

तपाईं गर्भवती हुनुहुन्छ, हालसालै बच्चा जन्माउनुभएको छ वा 5 वर्ष मुनिका बालबालिका छन् भने तपाईंले WIC मा सहभागी भएर आफ्नो परिवारलाई स्वस्थ खाना, स्तनपान/स्तनको दूध खुवाउने सहायता, पोषणसम्बन्धी शिक्षा र अन्य उपयोगी सेवाहरूका लागि रेफरलहरू दिन सक्नुहुन्छ। WIC का बारेमा फेला पार्नुहोस्।

खोप

तपाईं 65 वर्षभन्दा कम उमेरको हुनुहुन्छ र बीमा गर्नुभएको छैन वा अन्य केही अवस्थामा हुनुहुन्छ भने तपाईंले आफ्नो स्थानीय स्वास्थ्य कार्यालयमा निःशुल्क केही खोपहरू लगाउन सक्नुहुन्छ। खोपबारे जान्नुहोस्।

स्थानीय स्वास्थ्य कार्यालयहरूले समुदायका साझेदारहरूसँग विद्यालय स्वास्थ्य, आपतकालीन अवस्थाहरूका लागि तयार हुने, रोग तथा लागुपदार्थको दुरुपयोग रोक्ने, काममा स्वस्थ्यता र अन्य धेरै कुराहरूका बारेमा पनि काम गर्छन्।

लड्नबाट बच्ने 65 वर्ष वा सो भन्दा माथिका व्यक्तिहरूको लागि लड्नु चोटपटकको प्रमुख कारण हो। तैपनि, लड्नु बुढेसकालको अनिवार्य अंश होइन। तपाईं लड्ने उच्च जोखिममा हुन सक्नुहुन्छ यदि: • तपाईं गत वर्षमा एक पटक भन्दा बढी लड्नुभएको छ। • तपाईं गत वर्षमा लडेर घाइते

65 वर्ष वा सो भन्दा माथिका व्यक्तिहरूको लागि लड्नु चोटपटकको प्रमुख कारण हो। तैपनि, लड्नु बुढेसकालको अनिवार्य अंश होइन।

तपाईं लड्ने उच्च जोखिममा हुन सक्नुहुन्छ यदि:

  • तपाईं गत वर्षमा एक पटक भन्दा बढी लड्नुभएको छ।
  • तपाईं गत वर्षमा लडेर घाइते हुनुभएको छ।
  • तपाईं विगत तीन महिनामा लड्नुभएको छ।
  • कहिलेकाहीँ तपाईंले आफ्नो सन्तुलन गुमाउनुहुन्छ वा लगभग लड्नु हुन्छ।

लड्नबाट बच्न सकिन्छ। तपाईंले गर्न सक्ने कुरा यहाँ छ:

आफ्नो डाक्टरसँग कुरा गर्नुहोस्: लड्नु गम्भीर समस्या नभए पनि, तपाईंको डाक्टरले कुनै पनि चिन्तालाई सम्बोधन गर्न, तपाईंको औषधिहरूको समीक्षा गर्न, र तपाईंको लड्ने जोखिम कम गर्न तपाईंले के गर्न सक्नुहुन्छ भनेर जान्न मद्दत गर्न सक्नुहुन्छ। 

भिटामिन D खान विचार गर्नुहोस्: अनुसन्धानले भिटामिन D सेवन गर्नु लड्नबाट बच्ने एक तरिका हो भन्ने देखाउँछ। भिटामिन D तपाईंका लागि सही छ कि छैन भनेर आफ्नो डाक्टरसँग कुरा गर्नुहोस्। 

सुरक्षा जाँच गर्नुहोस्: आफ्नो घरलाई तपाईं र अरूका लागि सुरक्षित स्थान बनाउनुहोस्।  यो गाइडको पालना गर्नुहोस् (अङ्ग्रेजीमा)।

सन्तुलन र तागत सुधार गर्नुहोस्: सन्तुलन र तागत सम्बन्धी व्यायाम, जस्तै कि Tai Chi बाट मजबुत रहनुहोस्

घरेलु हिंसा

घरेलु हिंसाबाट जो कोही पनि प्रभावित हुन सक्छ। घरेलु हिंसा, वा दुर्व्यवहार, एक हिंसात्मक वा हेरफेर गर्ने व्यवहारको ढाँचा हो जुन कसैले आफ्नो आत्मीय पार्टनरमाथि शक्ति र नियन्त्रण हासिल गर्न र कायम राख्न प्रयोग गर्दछ। यो ढाँचा शारीरिक, भावनात्मक, आर्थिक र/वा यौन हुन सक्छ। 

दुर्व्यवहारको दश चेतावनी संकेत

  • के तपाईंको पार्टनरले:
  • तपाईंलाई नीच देखाउनुहुन्छ वा तपाईंलाई गालीगलौज गर्नुहुन्छ?
  • तपाईं कहाँ जानुहुन्छ वा कससँग समय बिताउनुहुन्छ भन्ने कुरा नियन्त्रण गर्नुहुन्छ?
  • तपाईंलाई हिर्काएर, लात्ती हानेर वा घाँटी थिचेर चोट पुर्याउनुहुन्छ?
  • आफ्नो हिंसात्मक वा अपमानजनक व्यवहारको लागि तपाईंलाई दोष दिनुहुन्छ?
  • तपाईंको बच्चाहरूलाई लैजाने धम्की दिनुहुन्छ?
  • तपाईंलाई नोकर जस्तै व्यवहार गर्नुहुन्छ वा सम्बन्धका सबै निर्णयहरू आफै गर्नुहुन्छ?
  • तपाईंलाई जागिर पाउन वा जारी राख्नबाट रोक्नुहुन्छ?
  • धम्की दिनुहुन्छ वा त्यसको कार्यन्वयन गर्नुहुन्छ?
  • लुक वा हावभावहरू प्रयोग गरेर तपाईंलाई डराउनुहुन्छ?
  • तपाईंलाई अनिच्छित यौनसम्पर्क गर्न दबाब दिनुहुन्छ वा बाध्य पार्नुहुन्छ?

यी मध्ये कुनै पनि प्रश्नको हो जवाफ दिनुको अर्थ तपाईं अपमानजनक सम्बन्धमा हुनुहुन्छ वा हुने जोखिममा हुनुहुन्छ भन्ने हुन सक्छ। यो तपाईंको गल्ती होइन, तपाईं एक्लै हुनुहुन्न, र मद्दत उपलब्ध छ। मद्दत प्राप्त गर्नका लागि वा भर्मन्ट नेटवर्क हेर्नुहोस् वा निम्न नम्बरमा कल गर्नुहोस्:

घरेलु हिंसा हटलाइन: 800-228-7395

यौन हिंसा हटलाइन: 800-489-7273

सुर्ती सेवन रोकथाम र उपचार

युवाले गर्ने भेपिङको रोकथाम कसरी गर्न सकिन्छ? 

संघीय तथा राज्य कानुनहरूले युवाहरूलाई धुम्रपान, भेपिङ र अन्य सुर्तीजन्य पदार्थ प्रयोगको हानिकारक प्रभावहरूबाट जोगाउन मद्दत गर्दछ। भर्मन्टमा, सुर्तीजन्य उत्पादनहरू खरिद गर्न र राख्नका लागि तपाईं 21 वर्षको हुनुपर्छ। यद्यपि, धेरै किशोर किशोरीहरूले सामाजिक सञ्जाल, साथीहरू र परिवार मार्फत चुरोट, सिँगार, भेप र धुम्रपानरहित सुर्तीजन्य पदार्थ पाउँछन्। विकासशील मस्तिष्क तथा शरीरको लागि स्वास्थ्य जोखिमहरू थाहा पाउनु सुर्तीजन्य पदार्थ सुरु गर्न र छोड्ने प्रयासहरूलाई उत्प्रेरित गर्नका लागि महत्त्वपूर्ण छ। तथ्यहरू प्राप्त गर्न भर्मन्टको युवा भेपिङ रोकथाम शिक्षा अभियान Unhyped (अङ्ग्रेजीमा) हेर्नुहोस्। 

भर्मन्टको सुर्तीजन्य पदार्थ रोकथाम शिक्षा स्रोत, CounterBalance (अङ्ग्रेजीमा), मा युवा प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने र राख्ने स्वादयुक्त सुर्तीजन्य उत्पादनहरू र भ्रामक सुर्तीजन्य पदार्थ तथा भेप उद्योग मार्केटिङ अभ्यासहरू बारे थप जान्नुहोस्।

सुर्तीजन्य पदार्थको प्रयोग छोड्न तयार भर्मन्टवासीहरूका लागि कस्ता संसाधनहरू उपलब्ध छन्?

Logo

Description automatically generated802Quits 18 र सो भन्दा माथिका वयस्कहरूका लागि भर्मन्टको निःशुल्क सुर्तीजन्य पदार्थ उपचार संसाधन हो। 802Quits ले तपाईंका लागि बनाइएको योजनाबाट मानिसहरूलाई सुर्तीजन्य पदार्थ र निकोटिन छोड्न मद्दत गर्दछ। फोन कोचिङ, औषधि, अनलाइन सुझाव तथा टुलहरू, पाठ सन्देश र व्यक्तिगत रूपमा वा अनलाइनमार्फत साथी-साथी बीच सहयोगका साथ आफ्नो सफलता बढाउनुहोस्। 1-800-QUIT-NOW (1-800-784-8669) मा कल गरेर वा 802quits.org (अङ्ग्रेजीमा) मा गएर थप जान्नुहोस्।

My Life My Quit ले भेपिङ वा धुम्रपान छाड्न चाहने किशोर किशोरीहरूलाई टेक्स्ट र फोनको माध्यमबाट निःशुल्क, गोप्य सहयोग प्रदान गर्दछ। कार्यक्रमहरू विशेषगरी युवाहरूका लागि डिजाइन गरिएका छन् र प्रभावकारी साबित भएका छन्। 36072 मा Start My Quit टेक्स्ट गर्नुहोस् वा कुनै कोचसँग कुराकानी गर्न mylifemyquit.org (अङ्ग्रेजीमा) मा जानुहोस्। 

सेकेन्ड ह्यान्ड धुम्रपान र भेप उत्सर्जनका हानि के-के हुन्?

चुरोटको धुवाँले हावामा हजारौं खतरनाक, क्यान्सर निम्त्याउने रसायनहरू उत्सर्जन गर्दछ। इलेक्ट्रोनिक वाष्प उत्पादनहरू -- वा भेपहरू - अल्ट्राफाइन कणहरूका साथ हानिकारक रसायनहरू पनि उत्सर्जन गर्छन् जसले श्वासप्रश्वासका रोगहरू निम्त्याउन सक्छ जब तिनीहरूलाई श्वास तानिन्छ। सेकेन्ड ह्यान्ड धुवाँ वा भेप उत्सर्जनको कुनै पनि मात्रा श्वास लिनका लागि सुरक्षित छैन। आफूलाई र आफूले माया गर्ने व्यक्तिहरूलाई जोगाउन यी कदमहरू चाल्नुहोस्:

  • आफ्नो घर र गाडीलाई धुवाँ र भेप-मुक्त बनाउनुहोस्। 
  • यदि तपाईं वा परिवारको सदस्यले धुम्रपान गर्नुहुन्छ वा भेप लिनुहुन्छ भने, यसलाई बाहिर लैजानुहोस् र आफ्ना अतिथिहरूलाई त्यसै गर्न भन्नुहोस्।
  • अरूलाई प्रेरित गर्न धूम्रपान छोड्नुहोस् र आफ्ना बच्चाहरू तथा परिवारका लागि रोल मोडेल(प्रेरणास्रोत) बन्नुहोस्।  802Quits (अङ्ग्रेजीमा) बाट निःशुल्क छोड्ने सुझाव, टुलहरू र सहयोग प्राप्त गर्नुहोस्।

 सेकेन्ड ह्यान्ड धुम्रपानबारे थप जानकारीका लागि, सेकेन्ड ह्यान्ड धुम्रपान (अङ्ग्रेजीमा) वा सेकेन्ड तथा थर्ड ह्यान्ड धुम्रपान (अङ्ग्रेजीमा) मा जानुहोस्।

मस्तिष्क स्वास्थ्य
  • तपाईंको उमेर वा तपाईंको स्वास्थ्य अवस्था जस्तोसुकै भएतापनि तपाईंको स्मरणशक्ति घट्ने जोखिम र तपाईंको मस्तिष्क स्वास्थ्यको सुरक्षा गर्न के गर्न सक्नुहुन्छ भन्ने कुरा बुझ्न जरुरी छ। स्मरणशक्ति घट्नु भनेको उमेरअनुसार हुने प्राकृतिक कुरा होइन। स्मरण शक्तिसँग सम्बन्धित कुनै पनि समस्याहरू बारेमा आफ्नो डाक्टरसँग कुराकानी गर्नुहोस्। लगभग 40% डिमेन्सियाका केसहरू रोकथाम गर्न वा यसका असरहरू घटाउन गर्न सकिन्छ।
  • तपाईंको मस्तिष्कको स्वास्थ्यको तपाईंको शरीरको स्वास्थ्यसँग नजिकको सम्बन्धमा रहेको हुन्छ। आफ्नो मस्तिष्क जोगाउने कुरामा मद्दत गर्न स्वस्थ बानीहरू बसाल्नुहोस्। पर्याप्त समय सुत्नुहोस्, व्यायाम गर्नुहोस्, पौष्टिक खाना खानुहोस् र सक्रिय रूपमा तपाईंको लामो समयदेखि लागेका रोगहरू निको गर्नुहोस्। नराम्रो खालको जीवन शैली परिवर्तन गर्न कहिल्यै ढिलो हुँदैन। प्रमाणले नियमित व्यायाम गर्ने र सुर्तीजन्य पदार्थ सेवन गर्न छोड्नेजस्ता जीवन राम्रो बनाउने क्रियाकलापहरूलाई प्राथमिकता दिँदा मानिसको अनुभूति गर्ने क्षमता घट्ने जोखिम र डिमेन्सिया कम गर्न मद्दत गर्न सक्छ भनेर देखाउँछ।
मधुमेहको रोकथाम
  • विशेष गरी तपाईं 35 वर्षभन्दा बढी उमेरको हुनुहुन्छ भने प्रि-डायबिटिज छ कि भनेर जाँच गर्नुपर्छ वा पर्दैन भनी आफ्नो स्वास्थ्य हेरचाह प्रदायकलाई सोध्नुहोस्।
  • तपाईंलाई मधुमेहको जोखिम छ कि छैन भनी हेर्न निःशुल्क मधुमेह जोखिम क्विज (अङ्ग्रेजीमा) लिनुहोस्।
  • मधुमेह, मुटुसम्बन्धी रोग र पुराना दुखाइ हुनेजस्ता लामो समयदेखि लागिरहेका रोगहरूको रोकथाम गर्न वा निको पार्न निःशुल्क कार्यशालाहरूका बारेमा जानकारी लिन www.myhealthyvt.org/ (अङ्ग्रेजीमा) जानुहोस्।
डेन्टल स्वास्थ्य
  • तपाईंको डेन्टल स्वास्थ्य राम्रो भएन भने तपाईं स्वस्थ हुन सक्नुहुन्न। डेन्टल स्वास्थ्यबारे जानकारी फेला पार्नुहोस् (अङ्ग्रेजीमा)।
  • रोगको रोकथाम गर्नु मुख्य कुरा हो! चाँडै नै दाँतको हेरचाह गर्न सुरु गर्नुहोस् र नियमित रूपमा दन्त चिकित्सकलाई भेट्नुहोस्। थप जानकारी चाहिएमा हाम्रो व्यक्ति तथा परिवार स्रोतको पृष्ठ (अङ्ग्रेजीमा) हेर्नुहोस्।
  • सिल्भर डायमाइन फ्लोराइड (Silver Diamine Fluoride) भनेको दाँतसम्बन्धी उत्पादन हो। यसले एनेस्थेसिया, सुई वा ड्रिल नगरिकन दाँत खिइने समस्याको उपचार गर्न सक्छ। सिल्भर डायमाइन फ्लोराइडका बारेमा थप जान्नुहोस्।
मुटु रोग

उच्च रक्तचाप वा हाइपरटेन्सनलाई चिकित्सकीय विधिअनुसार र आफ्नो जीवनशैली परिवर्तन गरेर उपचार गर्न सकिन्छ। जस्तै; धुम्रपान सेवन गर्न छोडेर, नियमित व्यायाम गरेर र स्वस्थ खाना खाएर। चिकित्सकीय उपचारमा सामान्यतया औषधि खाने कुरा समावेश हुन्छ।

तपाईंलाई उच्च रक्तचापबाट हुने जोखिम र तपाईंको उच्च रक्तचाप व्यवस्थापन गर्ने तरिकाबारे बुझ्न आफ्नो डाक्टरसँग कुराकानी गर्नुहोस्। 

क्यान्सर रोकथाम
  • सबै वयस्कले आफ्नो स्वास्थ्य हेरचाह प्रदायकसँग क्यान्सर रोगको रोकथाम, स्क्रिनिङ र सुरुमा नै पहिचान गर्ने बारेमा कुराकानी गर्नुपर्छ। 
  • कोलोरेक्टल क्यान्सर - 45 वर्षको उमेरमा यसको स्क्रिनिङ गर्न सिफारिस गरिन्छ। दिसाबाट गरिने परीक्षण र भिजुअल परीक्षणहरू (कोलोनोस्कोपी) यसका विकल्पहरू हुन्। तपाईंको स्वास्थ्य हेरचाह प्रदायकसँग आफ्नो लागि कुन विकल्प सबैभन्दा राम्रो हुन्छ भन्ने बारेमा कुराकानी गर्नुहोस्।
  • फोक्सोको क्यान्सर – तपाईंको धुम्रपान गर्ने बानी छ भने 50 देखि 80 मा हरेक वर्ष कम डोजको CT स्क्यान गर्ने बारेमा आफ्नो चिकित्सकीय सेवा प्रदायकसँग कुराकानी गर्नुहोस्।
  • प्रोस्टेट क्यान्सर – तपाईंलाई प्रोस्टेट छ भने 55 देखि 69 मा तपाईंको जोखिम र स्क्रिनिङका फाइदा र बेफाइदाहरूका बारेमा आफ्नो स्वास्थ्य हेरचाह प्रदायकसँग कुराकानी गर्नुहोस्।
  • छालाको क्यान्सर - आफ्नो छालामा हुने कुनै पनि परिवर्तन वा छालाको प्रकार, आकार वा रङ्गमा परिवर्तन भएको देख्नुभयो भने वा तपाईंको छालामा अनियमित कोठीहरू देखिएका छन् भने जुनसुकै उमेरमा आफ्नो स्वास्थ्य हेरचाह प्रदायकसँग कुराकानी गर्नुहोस्।
You First
  • You First (अङ्ग्रेजीमा) मुटुसम्बन्धी स्वास्थ्य कार्यक्रमले 35-64 वर्षका योग्य भर्मन्ट वासीहरूलाई उच्च रक्तचाप, कोलेस्ट्रोल वा रगतमा सुगर हुनेजस्ता मुटुसम्बन्धी रोग लाग्ने जोखिमका कारकहरू छन् भने जान्न मद्दत गर्छ। यो मुटुसम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रमको सेवा लिन प्रवेश गर्ने बिन्दु हो।
  • जोखिमका कारकहरू पाउनुभयो भने You First कार्यक्रम (अङ्ग्रेजीमा) ले ती जोखिमहरू कम गर्न मद्दत गर्छ। सदस्यहरूले पोषण, शारीरिक गतिविधि र धुम्रपान रोक्न पालना गर्नुपर्ने स्वास्थ्यसम्बन्धी प्रशिक्षण पाउँछन् र जोखिम कम गर्ने लक्ष्यहरू राख्न सक्छन्।
  • स्वास्थ्य प्रशिक्षणको अतिरिक्त You Firstले (अङ्ग्रेजीमा) सदस्यहरूलाई जीवनशैली परिवर्तन गर्न मद्दत गर्छ। उक्त सेवाहरूमा घरमा ल्याएर रक्तचाप नाप्ने मनिटर, फिटनेस सेन्टर, तरकारी साझेदारी, हिँड्ने कार्यक्रम, किसान बजारको कुपन, स्टेट पार्क पासहरू समावेश छन्। सदस्यहरूलाई बाधाहरू हटाउन कार्यक्रममा काम गर्न प्रोत्साहित गरिन्छ।
  • एक वर्षका लागि स्वास्थ्यसम्बन्धी प्रशिक्षण र जीवनशैली कार्यक्रममा लगातार रूपमा सहभागी भएपछि You First (अङ्ग्रेजीमा) का सदस्यहरूलाई रक्तचाप र अन्य मापन गर्ने कुराहरू कसरी परिवर्तन भएको छ भनी हेर्न र भएको सुधार हेर्न फेरि जाँच गरिन्छ। रक्तचाप राम्रोसँग नियन्त्रण भएपछि सदस्यहरूले प्रायः शारीरिक क्रियाकलाप गरेर र थप फलफूल र तरकारीहरू खाएरसाथै शक्ति बढ्ने र तनाव कम गर्ने कार्यहरू गरेर आनन्द लिइन्छ।
  • क्यान्सर स्क्रिनिङले हाम्रो जीवन बचाउँछ। औसत जोखिम भएका मानिसले 21 वर्षको उमेरमा पाठेघरको क्यान्सर र 40 वर्षको उमेरमा स्तन क्यान्सरको जाँच गराउन सुरु गर्नुपर्छ। आफ्नो जोखिम थाहा पाउनुहोस् र आफ्नो डाक्टरसँग कुराकानी गर्नुहोस्।  तपाईंलाई स्क्रिनिङ गर्नका लागि पैसा तिर्न मद्दत चाहिन्छ वा थप सहायता चाहिन्छ भने भर्मन्टको You First कार्यक्रम (अङ्ग्रेजीमा) 800-508-2222 मा वा www.youfirstvt.org/ (अङ्ग्रेजीमा) मा सम्पर्क गर्नुहोस्। तपाईंले स्वास्थ्य बीमा गर्नुभयो भने पनि तपाईंले You First को सेवा लिन योग्य हुन सक्नुहुन्छ। 
दम
  • दमका रोगीहरू - विशेषगरी बालबालिका र किशोर किशोरीहरूले - हरेक वर्ष दमसम्बन्धी कार्यको योजना (अङ्ग्रेजीमा) अद्यावधिक गरेको हुनुपर्छ। यो तपाईंले आफ्नो बच्चाको डाक्टरसँग दम नियन्त्रण गर्न र आपतकालीन अवस्थामा के गर्ने भनेर जान्न भर्नुपर्ने लिखित योजना हो।
  • सुर्तीजन्य पदार्थको धुवाँमा सुरक्षित जोखिम (safe exposure) भन्ने छैन, विशेष गरी बालबालिकाका लागि। सुर्तीजन्य पदार्थको धुवाँ दमका बिरामीहरूका लागि खतरनाक हुन्छ। आफ्नो घर र कारलाई धुम्रपानरहित बनाउन सुर्तीजन्य धुवाँ र भेपहरू सेवन नगर्नुहोस्। अरूले गरेको धुम्रपानबाट पर्ने असरको बारेमा थप जान्नुहोस् (अङ्ग्रेजीमा)।
  • दम रोग राम्रोसँग नियन्त्रण गर्न सघाउनुहोस्। नियमित रूपमा आफ्नो प्राथमिक हेरचाह डाक्टर भएको ठाउँमा जानुहोस् र हरेक वर्ष फ्लू शट लिनुहोस्। तपाईंले आफ्नो इन्हेलर उपकरण प्रयोग गर्ने तरिका आफ्नो डाक्टरलाई देखाएर ठीकसँग प्रयोग गर्दै हुनुहुन्छ भनेर निश्चित गर्नुहोस्!
शारीरिक क्रियाकलाप र पोषण

प्रशस्त मात्रामा फलफूल र तरकारीहरू खाएर र शारीरिक रूपमा सक्रिय रहेर सबैजनाको शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्न सकिन्छ। 

म स्वस्थ खाना कसरी खान सक्छु?

विभिन्न रङ्गका फलफूल र तरकारी खानुहोस्। ताजा, जमाएका वा डिब्बामा राखिएका सबै खानेकुरा खाँदा हुन्छ। यसका साथै थोरै प्रोटिन भएका (कुखुरा, माछा, टोफु, सिमी, बदाम र बीउजन्य) र सिङ्गो अन्न खानुहोस्। सम्भव भएसम्म अरू मानिससँग खाना बाँडेर खानाले अरू मानिससँग राम्रो सम्बन्ध बनाउँछ।

म मेरो समुदायमा कसरी निःशुल्क खाना पहुँच गर्न सक्छु?

तपाईंलाई खानेकुरा पाउन र खानाको पैसा तिर्नमा मद्दत चाहिएको खण्डमा यहाँ हेर्नुहोस् (अङ्ग्रेजीमा)। तपाईंको सबैभन्दा नजिक रहेको खानेकुरा पाउने ठाउँ फेला पार्ने, पोषण सहायतासम्बन्धी कार्यक्रमहरूमा नाम टिपाउने तरिका र सस्तो मूल्यमा खाना तयार गर्ने सुझावहरू प्राप्त गर्नका लागि यहाँ हेर्नुहोस्।

म कसरी अझै बढी सक्रिय हुन सक्छु?

वयस्कहरूले प्रति हप्ता 150 मिनेट वा प्रति हप्ता पाँच दिन 30 मिनेट शारीरिक क्रियाकलापहरू जस्तै; छिटो-छिटो हिँड्ने, बाइकिङ, नृत्य, दौड वा आफूलाई मनपर्ने कुनै गतिविधि गरेर लाभ उठाउँछन्। यी क्रियाकलापहरूले गर्दा वयस्कहरूको मुटुको धड्कन झनै छिटो हुन्छ। उक्त क्रियाकलापलाई दिनभरिमा तीन पटक 10 मिनेटको सत्रहरूमा विभाजन गर्न सकिन्छ। उक्त क्रियाकलापलाई अझै रमाइलो बनाउन तपाईंसँग सामेल हुने साथी वा परिवारको सदस्य पाउनुहोस्।

बालबालिका तथा युवाहरूले हरेक दिन कम्तीमा 60 मिनेटको मध्यमदेखि कडा किसिमको शारीरिक क्रियाकलाप गरेर लाभ उठाउन सक्छन्। उक्तमा घर बाहिर खेल्ने, नृत्य गर्ने, खेल खेल्ने वा शारीरिक शिक्षासम्बन्धी कक्षाहरूमा सहभागी हुने कुरा समावेश हुन्छन्।

शारीरिक रूपमा सक्रिय हुने तरिकाबारे थप कुराहरू बुझ्न सुरु गर्ने प्रेरणाका लागि  Move Your Way (अङ्ग्रेजीमा) हेर्नुहोस्!

समस्याग्रस्त चालक पुनर्स्थापना कार्यक्रम (Impaired Driver Rehabilitation Program)

भर्मन्टमा मदिरा वा अन्य लागूपदार्थ सेवन गरेर मोटर सवारी चलाउने कार्यलाई गैरकानुनी मानिन्छ। तपाईं मदिरा सेवन गरेर सवारी-साधन चलाउने कसुरमा दोषी ठहरिएको खण्डमा तपाईंको कुनै प्रतिबन्ध नभएको सवारी चालक अनुमतिपत्र फिर्ता पाउन आफ्नो समस्याग्रस्त चालक पुनर्स्थापना कार्यक्रम अनिवार्य रूपमा भर्नुपर्छ।

समस्याग्रस्त चालक पुनर्स्थापना कार्यक्रम (अङ्ग्रेजीमा) बारेमा थप जान्नुहोस्। तपाईं 802-651-1574 मा सम्पर्क गर्न सक्नुहुन्छ वा [email protected] इमेल गर्न सक्नुहुन्छ।

आत्महत्या रोकथाम

तपाईं वा तपाईंले चिन्ने कोही मानिस आत्महत्या गर्ने बारेमा सोच्दै हुनुहुन्छ भने 988 डायल गरेर 988 आत्महत्या तथा सङ्कट लाइफलाइन मा फोन गर्नुहोस् वा 741741 मा VT टेक्स्ट गर्नुहोस्। 

तपाईं आफ्नो वा प्रियजनको सुरक्षाका बारेमा चिन्तित हुनुहुन्छ वा तपाईंलाई आपतकालीन उपचार सेवाहरू चाहिन्छ भने 9-1-1 मा फोन गर्नुहोस्। जोखिमका कारकहरू पत्ता लगाउनुहोस्, चेतावनीका सङ्केतहरू पहिचान गर्नुहोस् र सङ्कटअघि र सङ्कटको समयमा मद्दत प्राप्त गर्न सम्पर्क गर्नुहोस्। 

सुरक्षित सुई डिस्पोजल

तपाईंले सुई भेट्टाउनुभयो भने तपाईंले निम्न कार्यहरू गर्नुपर्छ: 

  1. बाक्लो टिकाउ हुने पञ्जा लगाउनुहोस् र लुगा धुने डिटर्जेन्टको बोतल जस्तै; बाक्लो प्लास्टिकको बट्टामा सुई राख्न पिलास वा चिम्टाको प्रयोग गर्नुहोस्।
  2. बिर्को कस्नुहोस् र डक्ट टेप जस्तो बलियो टेपले यसलाई राम्रोसँग सिल गर्नुहोस्। 
  3. सुई राखेको बट्टामा "पुनः प्रयोग नगर्नुहोस्" लेखेर राख्नुहोस् र यसलाई नियमित फोहोर राख्ने रद्दीको टोकरीमा फाल्नुहोस्। 
रातीको समयमा सुरक्षित रूपमा हिँड्नुहोस् र सवारी साधन चलाउनुहोस्

तपाईं हिँड्नुहुन्छ, सवारी साधन वा बाइक चलाउनुहुन्छ भने विशेष गरी शरद र जाडोयामको छोटो दिनमा सडकमा हेर्न र अरूले देख्ने गरी हिँड्नु जरूरी छ। यी सुझावहरू पालना गर्नुहोस्:

  • उज्यालो र चम्किलो किसिमको लुगा लगाएर वा फ्ल्यासलाइट/बाइक लाइटहरू प्रयोग गरेर र प्रकाश परावर्तन गर्ने (रिफ्लेक्टर) लगाएर सवारी चालकहरूले तपाईंलाई देख्न सकिन्छ भनी सुनिश्चित गर्नुहोस्
  • प्रकाश परावर्तन गर्ने (रिफ्लेक्टर) लगाएको छ भने ती अगाडि र पछाडि देख्न सक्छन् भनेर सुनिश्चित गर्नुहोस्। प्रकाश परावर्तन गर्ने (रिफ्लेक्टर) झुन्ड्याउनुपर्छ। सवारी चालकहरूले स्थिर भन्दा बढी केहि चलिरहेको देख्छन् ।
  • साइकल चलाउने मानिसले फ्ल्यासिङ वा स्थिर किसिमको रातो रियर बत्ती वा कम्तीमा 20 वर्ग इन्चको प्रकाश परावर्तन गर्ने सामग्री पछाडि फर्काएर प्रयोग गर्नुपर्ने हुन्छ। 
  • राम्रोसँग देख्ने राम्रो उज्यालो भएका ठाउँहरूबाट सडकहरू वार-पार गर्नुहोस्। 
  • सम्भव भएसम्म फुटपाथको प्रयोग गर्नुहोस्। 
  • यदि फुटपाथ छैन भने, गाडी आउने दिशा तिर, सकभर सडकबाट टाढा हिड्नुहोस्।
  • बस स्टपमा: बसको पछाडि वा क्रसवाकबाट सडक वार-पार गर्नुहोस्।
  • कार, बाइक र अन्य सवारी साधनहरू आउँदै छ कि भनेर हेर्नुहोस् - किनभने तिनीहरूले तपाईंलाई नहेरिरहेका हुन सक्छन्। 

तपाईं रातीको समयमा सवारी साधन चलाउनु हुन्छ भने: 

  •   प्रतिक्रिया गर्न  समय राख्न बिस्तारै र सावधानीपूर्वक सवारी साधन चलाउनुहोस्। 
  • ध्यान अन्यत्र लगेर, निदाएर, रिसाएर वा मदिरा वा लागू पदार्थ सेवन गरेर कहिल्यै पनि सवारी साधन नचलाउनुहोस्। 
  • रोक्नुहोस् भनेर जनाउने चिन्ह र रातो बत्तीहरूमा पूर्ण रूपमा सवारी साधन रोक्नुहोस्। 
  • सतर्क रहनुहोस्, बाइक र पैदल यात्रीहरू छन् कि हेर्नुहोस् र सडक साझा गर्नुहोस्। 

रातीमा सवारी साधन चलाउँदा पालना गर्नुपर्ने सुरक्षाका उपायहरू बारे थप जान्नुहोस् (अङ्ग्रेजीमा)।

तलको तालिका कसरी प्रयोग गर्ने

शीर्षक (title), विषय (topic) वा भाषामा प्रयोग गरिएको कुनै पनि शब्द खोज्न तालिका माथिको खोज बाकसमा टाइप गर्नुहोस् (language). तपाईं ती हेडिङहरूमध्ये एउटामा क्लिक गरेर शीर्षक, विषय वा भाषाअनुसार पनि क्रमबद्ध गर्न सक्नुहुन्छ।

Translated Title English Title Sort descending Language
पहुँचतता विवरण Accessibility Statement - Nepali Nepali (नेपाली)
भर्मन्ट स्वास्थ्य स्याहारको अग्रिम निर्देशन Advance Directive for Health Care - Nepali Nepali (नेपाली)
लैङ्गिक पहिचानको सपथ पत्र Affidavit Gender Identity - Nepali Nepali (नेपाली)
घरबारविहीन स्थितिको शपथपत्र Affidavit of Homeless Status Form - Nepali Nepali (नेपाली)
भर्मोन्टको जन्म वा मृत्यु दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिका लागि आवेदन Application for a Birth or Death Certificate - Nepali Nepali (नेपाली)
भर्मोन्टको जन्म वा मृत्यु दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिका लागि आवेदन, अतिरिक्त निर्देशनहरू Application for a Birth or Death Certificate, Instructions - Nepali Nepali (नेपाली)
ढिलाइ गरिएको जन्म दर्ता प्रमाणपत्रको लागि आवेदन Application for a Delayed Birth Certificate - Nepali Nepali (नेपाली)
ढिलाइ गरिएको जन्म दर्ता प्रमाणपत्रको लागि आवेदन. निर्देशनहरू Application for a Delayed Birth Certificate, Instructions - Nepali Nepali (नेपाली)
भर्मोन्ट कानुनी विवाह अनुमतिपत्रको लागि आवेदन Application for a Marriage License - Nepali Nepali (नेपाली)
मूल जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपिका लागि धर्मसन्तानको आवेदन Application for Adoptee's Original Birth Certificate - Nepali Nepali (नेपाली)
भर्मोन्टमा विवाह वा सम्बन्ध विच्छेद वा सिभिल युनियनको अन्तको प्रमाणपत्रको प्रमाणित प्रतिका लागि आवेदन Application for Marriage or Divorce Certificate (2014-present) - Nepali Nepali (नेपाली)
भर्मोन्टमा विवाह वा सम्बन्ध विच्छेद वा सिभिल युनियनको अन्तको प्रमाणपत्रको प्रमाणित प्रतिका लागि आवेदन Application for Marriage or Divorce or Civil Union Dissolution Certificate - Nepali Nepali (नेपाली)
भर्मोन्ट जन्म दर्ता प्रमाणपत्र सच्याउन वा संसोधन गर्न आवेदन Application to Correct or Amend Birth Certificate - Nepali Nepali (नेपाली)
टिक स्मार्ट बन्नुहोस् Be Tick Smart - Nepali Nepali (नेपाली)
बाढी भन्दा अघि र पछि Before & After the Flood - Nepali Nepali (नेपाली)
ब्राउन राइसका रेसिपीहरू Brown Rice Recipes - Nepali Nepali (नेपाली)
कार्बन मोनोअक्साइड र जेनेरेटर सुरक्षा Carbon Monoxide and Generator Safety Tips - Nepali Nepali (नेपाली)
Cleaning to Prevent the Flu Cleaning to Prevent the Flu - Nepali Nepali (नेपाली)
सहायतायुक्त प्रजनन (एसिस्टेड रिप्रोडक्सन) बाट अभिभावकत्वका लागि सहमति Consent to Parentage from Assisted Reproduction - Nepali Nepali (नेपाली)
खोक्दा आफ्नो मुख छोप्नुहोस्/आफ्नो हात सफा गर्नुहोस् • पोस्टर Cover Your Cough, Clean Your Hands - poster - Nepali Nepali (नेपाली)

Google Translate बारे थप कुराहरू

यो कागजात व्यावसायिक तरिकाले अनुवाद गरिएको थियो। यो Google Translate बाट अनुवाद गरिएको थिएन। यद्यपि, यो कागजातका धेरै लिङ्क Google Translate प्रयोग गर्न सकिने अङ्ग्रेजी पृष्ठहरूमा जान्छन्।

Google Translate ले अनुवाद गर्न कम्प्युटर प्रोग्रामहरूको प्रयोग गर्छ। यसले सबै जानकारी अनुवाद गर्न सक्दैन। अनुवाद सटीक वा सही नहुन सक्छ। 

स्वचालित अनुवाद (कम्प्युटर प्रोग्रामहरूमार्फत गरिने) पूर्ण सही हुँदैन र यसले मानव अनुवादकहरूलाई प्रतिस्थापन गर्ने अभिप्राय राख्दैन। वेबसाइटका प्रयोगकर्ताहरूलाई Google अनुवादहरूको पहुँच सेवाको रूपमा र "जस्ताको तस्तै" उपलब्ध गराइन्छ। अङ्ग्रेजीबाट अन्य कुनै पनि भाषामा गरिएका यी जुनसुकै अनुवादहरूको शुद्धता, विश्वसनीयता वा सच्याउनेमा कुनै पनि प्रकारको व्यक्त वा निहीत वारेन्टी हुँदैन। अनुवाद सफ्टवेयरको सीमितताहरूले गर्दा केही विषयवस्तु शुद्ध रूपमा अनुवाद नहुन सक्छन्।

Topics:
Last Updated: